सङ्घीय कार्यपालिका: Class 10 Social Unit 5 Lesson 2

Iswori Education
Iswori Education
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with...
4 Min Read

पाठ २ सङ्घीय कार्यपालिका

 

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 2 Sanghiya KaryaPalika Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Sanghiya KaryaPalika Course

Class 10 Social Studies Unit 5 Chapter 2 Course is given as:

सङ्घीय कार्यपालिका: Class 10 Social Unit 5 Lesson 2

सङ्घीय कार्यपालिका: Class 10 Social Unit 5 Lesson 2


१. कार्यपालिका भनेको के हो ?

 
उत्तर :  

कार्यपालिका भनेको राज्यका तीन अङ्गमध्येको एक महत्त्वपूर्ण अङ्ग र कानुन कार्यान्वयन गर्ने निकायलाई कार्यपालिका भनिन्छ । यसलाई सरकार वा मन्त्रीपरिषद्का रूपमा लिइन्छ । नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषद्मा निहित रहेको हुन्छ । नेपालमा सङ्घीय कार्यपालिका, प्रदेश कार्यपालिका र स्थानीय कार्यपालिका गरी तीन तहका कार्यपालिकाको व्यवस्था रहेको छ ।
 
 


२. कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत के के कार्य पर्दछन् ?

 
उत्तर :

कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत निम्नलिखित कार्य पर्दछन् :-
 

  • (क) व्यवस्थापिकाबाट स्वीकृत कानुनको कार्यान्वयन गराउने
  • (ख) शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने
  • (ग) राज्यसम्बन्धी नीति तयार पार्ने
  • (घ) प्रशासन सञ्चालन, नियन्त्रण निर्देशन गर्ने
  • (ङ) सुशासन कायम गर्ने ।

 
 


३. प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय उल्लेख गर्नुहोस् ।

 
उत्तर :  

प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय :-

  • (क) मन्त्रिपरिषद्का निर्णय,
  • (ख) सङ्घीय संसदमा पेश गरिने विधेयक,
  • (ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण
  • (घ) नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषय,
  • (ङ) विदेशी राज्य वा सरकारसँग भएका सन्धि, सम्झौता, समझदारी,
  • (च) नेपाल सरकारको आय-व्ययको वार्षिक विवरण (बजेट),
  • (छ) मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय
  • (ज) नेपाल सरकारले व्यवस्थापिका-संसद समक्ष पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम,
  • (झ) राष्ट्रिय सुरक्षा परिषद्‌को सिफारिसमा भएका निर्णय सम्बन्धी विषय ।

 
 


४. सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकाका भिन्नता लेख्नुहोस् ।

 
उत्तर : 

सङ्घीय कार्यपालिकामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ भने प्रदेश कार्यपालिकामा बहुमत प्राप्त प्रदेश संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ । सङ्घीय कार्यपालिकाको कार्यक्षेत्र नेपाल राज्यभर रहन्छ भने प्रदेश कार्यपालिकाको कार्यक्षेत्र आफ्नो प्रदेशभित्र मात्र सीमित रहेको हुन्छ । सङ्घीय कार्यपालिकाका कार्य नेपाल सरकारका नामबाट हुन्छ भने प्रदेश कार्यपालिकाका कार्य सम्बन्धित प्रदेश सरकारका नामबाट हुन्छ । जस्तै : मधेश प्रदेश सरकार, बाग्मती प्रदेश सरकार आदि । सङ्घीय कार्यपालिकाले प्रशासनिक कार्य, कूटनीतिक कार्य, आर्थिक कार्य, सुरक्षासम्बन्धी कार्य गर्दछ भने प्रदेश कार्यपालिकाले मूलत: प्रदेशको प्रशासनिक कार्य, आर्थिक कार्य र प्रदेशको आन्तरिक शान्तिसुव्यवस्थाको कार्य गर्दछ।
 
 


५. तपाइँ नेपालको प्रधानमन्त्री हुनुभयो भने देशमा सुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

 
उत्तर : 

म नेपालको प्रधानमन्त्री भएँ भने देशमा सुशासन कायम गर्न निम्न कार्य गयँ :-

  • (क) विधिको शासन स्थापना गर्ने
  • (ख) राष्ट्रसेवक कर्मचारीलाई जवाफदेही, जिम्मेवार, प्रभावकारी र दक्ष बनाउने
  • (ग) हरेक गतिविधिलाई पारदर्शी बनाउने
  • (घ) जनसहभागितामा अभिवृद्धि गर्ने
  • (ङ) सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र जनमुखी बनाउने
  • (च) राष्ट्रसेवक कर्मचारीको सेवासुविधा वृद्धि गर्ने
  • (छ) भ्रष्टाचारमा शून्यसहनशीलताको नीति लिने ।
Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a review