हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2

Iswori Education
121 Views
4 Min Read

पाठ २ : हाम्रा लोकगीत

 Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 2 Hamra Lokgeet Exercise Question Answer 2080 Guide.

Contents
पाठ २ : हाम्रा लोकगीतHamra Lokgeet Course१. लोकगीत भनेको के हो ?२. पालम, तामाङ सेलो र तिजको गीतको छोटो परिचय दिनुहोस् ।तामाङ सेलो : नेपालको मध्य पहाडी क्षेत्रमा तामाङ जातिमा प्रचलित गीत तामाङ सेलो हो । वाग्मती प्रदेशका विभिन्न जिल्लामा बढी प्रचलित भए पनि हाल यो नेपालभरि प्रचलित छ । तामाङ सेलोलाई अहिले नेपाली भाषामा समेत गाउने प्रचलन बढ्दो छ । यसले यसको लोकप्रियता झनै बढाएको छ ।तिज गीत : यो लोकगीत पर्वगीतअन्तर्गत पर्दछ । महिलाहरूको महान् पर्व तिजका अवसरमा यो गीत गाउने गरिन्छ । महिलाले मात्र गाउने प्रचलन रहेकोमा अहिले आएर पुरुषहरूले पनि तिज गीत गाउन थालेका छन् । उदाहरण :३. “लोकगीत हाम्रो मौलिक पहिचान हो ।” यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।४. नेपाली लोकगीतको संरक्षणमा तपाईँको भूमिका उल्लेख गर्नुहोस् ।परियोजना कार्यतपाईँको स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नुहोस्, ती गीत कुन कुन जाति समुदायसँग सम्बन्धित रहेका छन् ? कुन कुन अवसरमा गाउने गरिन्छन् ? ती गीत संरक्षणका उपायहरूसमेत समेटी प्रतिवेदन तयार गर्नुहोस् ।

Check: SEE Class 10 Model Question 2080/2081


Hamra Lokgeet Course

Hamra Lokgeet Class 10 Social Unit 3 Lesson 2 Course is given as:
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2

१. लोकगीत भनेको के हो ?

 
उत्तर :

स्थानीय स्तरमा सिर्जित र सङ्कलित लोक अर्थात् मानिसका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत भनिन्छ । यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ । यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ ।
 
 

- Advertisement -

२. पालम, तामाङ सेलो र तिजको गीतको छोटो परिचय दिनुहोस् ।

 
उत्तर :

पालम गीत यो नेपालको पूर्वी भेगमा प्रचलित लोकगीत हो । यस गीतलाई पूर्वी पहाडका लिम्बु जातिले गाउने गर्छन् । यो धाननाचमा जुहारीका रूपमा गाउने गरिन्छ । उदाहरण :
 
सिङ्घाओ थुङ्वे कक्मा फाग
मिन्छागेन आनी याम्मी साग ।
 


तामाङ सेलो : नेपालको मध्य पहाडी क्षेत्रमा तामाङ जातिमा प्रचलित गीत तामाङ सेलो हो । वाग्मती प्रदेशका विभिन्न जिल्लामा बढी प्रचलित भए पनि हाल यो नेपालभरि प्रचलित छ । तामाङ सेलोलाई अहिले नेपाली भाषामा समेत गाउने प्रचलन बढ्दो छ । यसले यसको लोकप्रियता झनै बढाएको छ ।

उदाहरण :
घोर्की स्याउरी ग्यालमरी
गेला टुक्रा सारी ।
 


तिज गीत : यो लोकगीत पर्वगीतअन्तर्गत पर्दछ । महिलाहरूको महान् पर्व तिजका अवसरमा यो गीत गाउने गरिन्छ । महिलाले मात्र गाउने प्रचलन रहेकोमा अहिले आएर पुरुषहरूले पनि तिज गीत गाउन थालेका छन् । उदाहरण :

 
तिजको वेलामा सबै जान्छन् माइत
आफ्नो माइती मुग्लान पारी छैन साइत ।
 
 


३. “लोकगीत हाम्रो मौलिक पहिचान हो ।” यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

 

- Advertisement -

हाम्रा भिरपाखा, पहरा, भन्ज्याङ, चौतारी, मैदानी गरा एवम् आलीमा मेलापर्व तथा उत्सवमा गाइने लोकगीतको आफ्नै महत्त्व र सान्दर्भिकता रहेको छ । यी हाम्रा जीवन्त सम्पदा हुन् अनि लोकसंस्कृतिको अभिन्न अङ्ग पनि हुन् । यो समुदायको गीत पनि हो । यसको सर्जक समुदाय हो । यसले मनोरञ्जन मात्रै प्रदान गरेको छैन सामाजिक एकता कायम राख्नसमेत सहयोग गरेको छ । पुस्तान्तरणका माध्यमबाट लोकगीत आजसम्म जीवित बनेको हो । तसर्थ लोकगीत हाम्रो मौलिक पहिचान हो, चिनारी हो ।
 
 


४. नेपाली लोकगीतको संरक्षणमा तपाईँको भूमिका उल्लेख गर्नुहोस् ।

 
उत्तर : 

नेपाली लोकगीतको संरक्षणमा मेरो भूमिका

- Advertisement -
  • (क) लोकगीतको महत्त्व सम्बन्धमा जनचेतना जगाउने, युवावर्गमा यसको आवश्यकता बोध गराउने
  • (ख) सबै प्रकारका र भाषाका लोकगीतलाई समान रूपमा लिई सम्मान गर्ने
  • (ग) लोकगीतसम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउने
  • (घ) नियमित लोकगीत सुन्ने र यसका सर्जकलाई हौसला बढाउने
  • (ङ) स्थानीय क्षेत्रका लोकगीत खोजी गरी संरक्षण गर्ने, गितार संस्कृति होइन सारङ्गी संस्कृतिको निर्माण गर्ने ।

 


परियोजना कार्य


तपाईँको स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नुहोस्, ती गीत कुन कुन जाति समुदायसँग सम्बन्धित रहेका छन् ? कुन कुन अवसरमा गाउने गरिन्छन् ? ती गीत संरक्षणका उपायहरूसमेत समेटी प्रतिवेदन तयार गर्नुहोस् ।

शीर्षक : हाम्रो स्थानीय तहमा प्रचलित लोकगीत र संरक्षणका उपायसम्बन्धी अध्ययन प्रतिवेदन

उद्देश्य : यस अध्ययनका उद्देश्य निम्न रहेका छन् :-

 
(क) यस स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नु
(ख) ती लोकगीत संरक्षण गर्ने उपायहरू सुझाउनु ।
 
अध्ययन विधि : अवलोकन, सोधखोज, प्रश्नोत्तर आदि ।
 
प्राप्त तथ्यहरू : स्थानीय तहका विभिन्न स्थान र समुदाय तथा जातिको अवलोकन, सम्बन्धित व्यक्तिसँग सोधखोज र प्रश्नोत्तर गर्दा निम्न तथ्य प्राप्त भयो :-

 
(क) ……..
 
(ख) ……..
 
(ग) ………
 
(घ) ………
 
निष्कर्ष र सुझावहरू : माथिको तथ्यलाई समेत दृष्टिगत गर्दा हाम्रो स्थानीय तहमा विभिन्न जातजातिका विभिन्न अवसरमा गाइने विभिन्न लोकगीत रहेको पाइयो । यी लोकगीतहरूको संरक्षण गर्न लोकगीतहरूको खोजी गरी रेकर्डिङ गर्ने, स्थानीय एफएमहरूमा लोकगीत प्रतियोगिताहरू सञ्चालन गर्ने, लोकगीतको आवश्यकता सम्बन्धमा प्रचारप्रसार गर्ने, विदेशी संस्कृतिको अतिक्रमणलाई रोक्ने जस्ता कार्य गर्नुपर्ने देखिन्छ ।

Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a Comment