नेपाली लोकबाजा (Nepali Lokbaja): Class 10 Social Unit 3 Lesson 3

Iswori Education
112 Views
3 Min Read

पाठ ३ : नेपाली लोकबाज

 
Class 10 Social Studies Unit 3  samajik mulya manatya Lesson 3 Nepali Lokbaja Exercise Question Answer 2080 Guide.

 Check: SEE Class 10 Model Question 2080/2081


Nepali Lokbaja Course

 
Class 10 Social – Unit 3 Lesson 3 Course is given as:
 
नेपाली लोकबाजा (Nepali Lokbaja): Class 10 Social Unit 3 Lesson 3
नेपाली लोकबाजा (Nepali Lokbaja): Class 10 Social Unit 3 Lesson 3
नेपाली लोकबाजा (Nepali Lokbaja): Class 10 Social Unit 3 Lesson 3

१. लोकबाजाको परिचय दिनुहोस् ।

 
उत्तर :

नेपालका विभिन्न भूभागमा बसोबास गर्ने जातजाति तथा समुदायमा प्रचलित मौलिक वाद्यवादनका साधनलाई लोकबाजा भनिन्छ । हाम्रो समाजमा प्रचलित तारले रेटेर बजाइने, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू हाम्रो समाजको सहनसहन, जन्म, विवाह, मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् ।
 
 

- Advertisement -

२. नेपाली पञ्चेबाजा समूहमा पर्ने बाजाहरूको नाम र तिनीहरूको विशेषता लेख्नुहोस् ।

 
उत्तर :

क्रम नाम विशेषता
क. नरसिङ्गा तामाबाट बनाइने, लामो, ठुलो र घुमेको, फुकेर बजाइने
ख. सहनाई पित्तलले बनेको, एकातिर सुकेको र अर्कोतिर फुकेको, फुकेर बजाइने
ग. झ्याली वा झुर्मा काँसबाट बनाइने, दुईओटा प्लेट आकारका भागलाई डोरीले बाँधेर ठोकेर बजाइने
घ. दमाहा वा नगरा तामा वा पित्तलबाट बनाइने अर्धगोलाकार, काठको लौरो प्रयोग गरी बजाइने
ङ. ट्याम्को दमाहाभन्दा सानो आकारको हुने, गजाले हानेर बजाइने

 
३. नेपाली लोकबाजाको महत्त्व उल्लेख गर्नुहोस् ।
 

उत्तर :

नेपाली लोकबाजाको महत्त्व निम्न छन् :-
 

  • (क) लोकबाजा देशका पहिचान हुन् ।
  • ( ख ) मौलिक संस्कृतिलाई जोगाउने काम गर्छ ।
  • (ग) जाति तथा समुदायलाई चिनाउने काम गर्छ ।
  • (घ) मनोरञ्जन प्रदान गर्छ ।
  • (ङ) लोकगीतको संरक्षण गर्छ ।
  • (च) व्यावसायिक बनाई आयआर्जन गर्न सकिन्छ ।
  • (छ) शारीरिक एवम् मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न मदत गर्छ ।

 
 


४. “नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

 
उत्तर :  

- Advertisement -

हाम्रो देशमा अनेकौँ सांस्कृतिक वैभव छन् । ती वैभवमध्ये लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । यिनीहरू नेपाली समाजको सहनसहन, जन्म, विवाह र मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् । नेपाली समाजको मौलिक सभ्यता र संस्कृतिको शङखनाद गर्ने पहिचानसमेत हुन् हाम्रा लोकबाजा । लोकबाजा मौलिक लोकसंस्कृतिको अभिन्न अङ्ग हो । नेपाली लोकजीवनको धुकधुकी हो । नेपाली लोकबाजामा नेपाली जीवनको पिर र व्यथा बोलेको हुन्छ, आँसु रसाएको हुन्छ र हाँसो पनि मुस्कुराएको हुन्छ । लोकबाजामा हाम्रा गौरवशाली पुर्खालाई देख्न र सुन्न सकिन्छ । हाम्रा कुनै पनि धार्मिक तथा सामाजिक संस्कार साङ्गीतिक अनुष्ठानबिना अधुरा रहन्छन् । तसर्थ नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो, चिनाउने आधार हो ।


Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a Comment