Skip links

हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya Nitya): Class 10 Social Unit 3 Lesson 4



पाठ ४ : हाम्रा लोक तथा शास्त्रीय नृत्य

Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 4 Hamra Lok thata Shastriya Nitya Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Hamra Lok thata Shastriya Nitya Course

Class 10 Social Studies – Unit 3 Lesson 4 Course is given as:

हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya Nitya): Class 10 Social Unit 3 Lesson 4
हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya Nitya): Class 10 Social Unit 3 Lesson 4
हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya Nitya): Class 10 Social Unit 3 Lesson 4
हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya Nitya): Class 10 Social Unit 3 Lesson 4



१. “लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्नुहोस् ।


उत्तर :

गीत, वाद्य र नृत्यको सामूहिक नाम नै सङ्गीत हो । सङ्गीतमा प्राण भर्ने काम वाद्यले गरेको हुन्छ । नृत्यले गीतसङ्गीतलाई जीवन्त बनाउने काम गर्छ । तसर्थ लोकगीतमा प्राण भर्ने काम लोकबाजाले गरेको हुन्छ भने लोकनृत्यले त्यसलाई जीवन्त बनाउने काम गर्छ । त्यस्तै लोकनृत्यका लागि लोकबाजा र लोकगीत नभई हुँदैन । यी तीन एक अर्काका परिपूरक र सहयोगी भएको कारणले गर्दा नै लोकप्रिय बनी आजसम्म जीवित रहेका हुन् । उदाहरणका लागि देउडा नृत्यका लागि देउडा गीत गाइन्छ । देउडा गीतलाई प्राण भर्ने काम लोकबाजाले गरेको छ । तसर्थ लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक हुन् ।



२. लोक तथा शास्त्रीय नृत्यको महत्त्व उल्लेख गर्नुहोस् ।


उत्तर :

लोक तथा शास्त्रीय नृत्यको महत्त्व निम्न छ :-

(क) देशको मौलिक संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ ।

(ख) व्यक्तिमा कला र सिपको विकास हुन्छ ।

(ग) शारीरिक र मानसिक सक्षमता विकास हुन्छ ।

(घ) सामाजिकीकरण र असल सामाजिक सम्बन्ध विकास गर्न मदत पुग्छ।

(ङ) मनोरञ्जन प्राप्त हुन्छ ।

(च) आन्तरिक तथा बाह्य भ्रमणका अवसरहरू प्राप्त हुन्छन् ।



३. लोकनृत्य र शास्त्रीय नृत्यबिचमा रहेका भिन्नतालाई तालिकामा देखाउनुहोस् ।



उत्तर :

लोकनृत्य र शास्त्रीय नृत्यबिचमा रहेका भिन्नता :-


लोकनृत्य

(क) लोकभाका वा लोकगीतमा आधारित हुने

(ख) सुखदुःख, मायाप्रीति र यथार्थ कुरालाई समेटिने (ग) मारुनी, ख्याली, घाटु आदि यसका उदाहरण

(घ) संस्कृति र परम्पराको जगेर्ना गर्ने


शास्त्रीय नृत्य

(क) धर्मशास्त्र र देवीदेउताको चरित्र वर्णनमा आधारित हुने

(ख) शरीरका विभिन्न अङ्गद्वारा गीतसङ्गीतको भाव व्यक्त गरिने

(ग) पञ्चबुद्ध, भैरव, कार्तिक आदि यसका उदाहरण

(घ) धार्मिक आस्था र विश्वासलाई बलियो बनाउने



४. तपाईंले अन्तर्राष्ट्रिय समारोहमा नेपाली लोक तथा शास्त्रीय नृत्यको परिचय दिनुपर्ने भयो भने कुन नृत्यको परिचय दिनुहुन्छ, कारण दिनुहोस् ।



उत्तर :

मैले अन्तर्राष्ट्रिय समारोहमा नेपाली लोक तथा शास्त्रीय नृत्यको परिचय दिनुपर्ने भयो भने मारुनी नृत्यको परिचय दिन्छु । विशेष गरी पुरुषहरूले महिलाको वेशभूषा लगाएर महिला जस्तै भएर यो नाच नाच्ने गरिन्छ । नेपालको मध्यपहाडी क्षेत्रका मगर समुदायमा प्रचलित यो नाच हाल आएर देशका विभिन्न भागमा प्रचलित बन्दै गएको छ । यति मात्र नभएर यो नाच आजभोलि अन्य जातिमा पनि प्रचलित हुँदै गएको छ । तसर्थ परम्परागत लोकनृत्य मारुनीलाई मैले छानेको हुँ ।





५. देउडा नाच र धान नाचको छोटो वर्णन गर्नुहोस् ।



उत्तर :

देउडा नाच र धान नाचको छोटो वर्णन यसप्रकार छ :-



देउडा नाच :

यो नाच नेपालको मध्यपश्चिम अर्थात् कर्णाली र सुदूरपश्चिम क्षेत्रमा निकै प्रचलित र लोकप्रिय नाच हो । यो नाच गोलो घेरामा एक अर्काका कुम र हात जोडेर सामूहिक रूपमा नाच्ने गरिन्छ । यस नाचमा देउडा गीत प्रयोग गरिएको हुन्छ । प्रविधिको विकासले गर्दा हाल यो नृत्य नेपालभरि लोकप्रिय बन्दै गएको छ ।



धान नाच :

यो नाच लिम्बू जातिमा प्रचलित नाच हो । विशेष धान बाली भित्र्याउने समयमा नाचिने भएकाले धान नाच भनिएको हो । यसका अतिरिक्त यो नाच हाट बजार, मेला, पर्व, उत्सव आदिमा युवायुवतीले नाच्ने गर्दछन् । पूर्वी पहाडका जिल्लाहरूमा पालम गीत गाउँदै गोलो घेरामा यो नाच नाचिन्छ ।



६. तपाईँ बसोबास गरेको क्षेत्रको प्रचलित कुनै एक नाचको परिचय दिनुहोस् ।



उत्तर :

म बसोबास गरेको क्षेत्रमा विभिन्न जातिका विभिन्न नाच प्रचलित रहेका छन् । त्यसमध्ये म यहाँ सोरठी नाचको बारेमा छोटो परिचय दिँदै छु । यो नृत्य गुरुङ जातिमा प्रचलित परम्परागत नृत्य हो । सोरठी गीतको भाकामा गुरुङ समुदायका व्यक्तिहरूले यो नृत्य विभिन्न अवसरमा प्रस्तुत गर्छन् ।

Leave a comment

This website uses cookies to improve your web experience.