पाठ १ : हाम्रा राष्ट्रिय सम्पदा
Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 1 Hamro Rastriya Sampada Exercise Question Answer 2080 Guide.
Check: SEE Class 10 Model Question 2080/2081
Hamro Rastriya Sampada
Hamro Rastriya Sampada Course – 10th Social Unit 3 Lesson 1.







१. राष्ट्रिय सम्पदा भनेको के हो ? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाक एक एकओटा उदाहरण दिनुहोस् ।
उत्तर :
देशको पहिचान र गौरव दिलाउने हाम्रा पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेशलाई राष्ट्रिय सम्पदा भनिन्छ । सिन्धुली गढी ऐतिहासिक, मुक्तिनाथ सांस्कृतिक र सगरमाथा प्राकृतिक सम्पदाका उदाहरण हुन् ।
२. मूर्त र अमूर्त सम्पदा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तर :
मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा भौतिक रूपमा रहेका हुन्छन् । यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौं । मन्दिर, गुम्बा, वनजङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन् ।
अमूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा मूर्त रूपमा नदेखिने हुन्छन्, रूप नभएको र आकार नभएको हुन्छ । संस्कारहरू, प्रचलनहरू, चाडपर्व मनाउने तरिकाहरू, पूजा विधि, परिकार बनाउने तरिका, चित्र बनाउने तरिका यसका उदाहरण हुन् ।
३. हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर :
हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्वलाई निम्न बुँदाबाट स्पष्ट पार्न सकिन्छ :- (क) स्थानीय तथा राष्ट्रिय पहिचान र गौरव कायम हुने
(ख) हाम्रो गहना र पहिचानका रूपमा रहेका
(ग) पूर्वजको ज्ञान, सिप र प्रविधिको जानकारी र हस्तान्तरण हुने
(घ) खोज, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने
(ङ) पर्यटन प्रवर्धनमा सहयोग पुग्ने
(च) देशको चौतर्फी विकासमा सहयोग पुग्ने
(छ) जैविक विविधता र वातावरण संरक्षणमा सहयोग पुग्ने
(ज) मौलिक कला र संस्कृतिको संरक्षण हुने ।
४. राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस् ।
उत्तर :
राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा :- राष्ट्रको गहना, राष्ट्रको पहिचान अनि बढ्छ गौरव सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले विश्वमा छर्छन् नेपालको सौरभ ॥
५. “राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका” शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् ।
उत्तर :
राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका (सम्पादकीय) स्वयम्भूनाथ, हनुमान ढोका दरबार क्षेत्र, लुम्बिनी, पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य आदि ।