Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya – Class 10 Social Unit 4 Lesson 1

Iswori Education
Iswori Education
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with...
5 Min Read

पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

 

Contents
पाठ १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्याManav Bech Bikhan: Ek Gambhir Samajik Samasya Course१. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?२. नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन् लेख्नुहोस् ।३. मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरूको सूची बनाउनुहोस् ।४. नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करी केका लागि हुने गर्छ, खोजी गरी यस्तो समस्या निराकरण गर्न ककसले के के गर्नु पर्छ, लेख्नुहोस् ।

Class 10 Social Studies Unit 4 Samajik Samasya ra Samadhan Lesson 1 Manav Bech Bhikhan: Ek Gambhir Samajik Samasya Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya Course

Class 10 Social Studies Unit 4 Lesson 1 Course Content is given as:

Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya - Class 10 Social Unit 4 Lesson 1
Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya - Class 10 Social Unit 4 Lesson 1
Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya - Class 10 Social Unit 4 Lesson 1
Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya - Class 10 Social Unit 4 Lesson 1
Manav Bech Bikhan: Ek Gambhir Samajik Samasya - Class 10 Social Unit 4 Lesson 1

१. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?

 
उत्तर :

कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ । चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अङ्ग बेचबिखन जस्ता कार्य विशेष गरेर मानव बेचबिखन अन्तर्गत पर्दछन् ।
 
यसबाट बच्न निम्न कार्य गर्न सकिन्छ :-

  • (क) व्यक्ति स्वयम् सचेत बन्नुका साथै अभिभावकको रेखदेख तथा शिक्षा र सञ्चार क्षेत्रको भूमिका सकारात्मक
  • (ख) सरकारी, सामुदायिक र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्य बढाउने
  • (ग) कडा कानुनी प्रबन्ध र कार्यान्वयनको व्यवस्था गर्ने
  • (घ) बालबालिकाका लागि शिक्षाको अवसर, अभिभावकको सचेतना वृद्धि गर्ने
  • (ङ) गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने, गैरकानुनी रूपमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन हु नदिने ।

 


२. नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन् लेख्नुहोस् ।

उत्तर :

नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न प्रयास गरेका छन् । नेपाल प्रहरी, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रिय महिला आयोग, जिसस, गुप्तचर निकाय जस्ता सरकारी निकायले मानव बेचबिखनका विरुद्ध कार्य गरिरहेका छन् । त्यसैगरी माइती नेपाल, दिदीबहिनी जस्ता सङ्घसंस्थाहरू पनि यस कार्यमा संलग्न भई कार्य गरिरहेका छन् । यस्ता सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट धेरै उपलब्धि हासिल भएका छन्, ती मध्ये केही निम्न छन् :-

  • (क) चेलीबेटी बेचबिखन कार्यमा कमी आएको छ ।
  • (ख) उद्धार, पुनर्स्थापना जस्ता कार्य तिव्रताका साथ अघि बढेका छन् ।
  • (ग) उनीहरूका लागि सिपमूलक र आर्यआर्जनका कार्यक्रम सञ्चालन भएका छन् ।
  • (घ) चेतनामूलक कार्य भई चेतनास्तरमा वृद्धि भएको छ।

 


३. मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरूको सूची बनाउनुहोस् ।

उत्तर :

मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरू निम्न छन् :-

  • (क) व्यक्तिमा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या देखापर्न सक्ने
  • (ख) आफ्नो इच्चा वा चाहना विपरीतको कार्य गर्न बाध्य हुनुपर्ने
  • (ग) विभिन्न सरुवा रोगहरूको सङ्क्रमण बढ्ने
  • (घ) समाजमा नकारात्मक असर पर्ने 
  • (ङ) डरत्रासको वातावरणमा रहनु पर्ने
  • (च) मानव सभ्यतामाथि नै प्रश्न चिह्न खडा हुने
  • (छ) व्यक्तिगत स्वतन्त्रताको हनन् हुने ।

 


४. नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करी केका लागि हुने गर्छ, खोजी गरी यस्तो समस्या निराकरण गर्न ककसले के के गर्नु पर्छ, लेख्नुहोस् ।

उत्तर :

नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करीको कारण विशेष गरी सोझासाझा व्यक्तिहरूलाई फसाएर अवैधानिक तवरले धेरै पैसा कमाउनु रहेको देखिन्छ । यस्तो तस्करी हुने अन्य कारण निम्न छन् :-

  • (क) श्रमशोषण गर्ने 
  • (ख) वेश्यावृत्तिमा लगाउने 
  • (ग) जोखिमयुक्त कार्य गर्न लगाउने 
  • (घ) अङ्ग झिक्ने 
  • (ङ) घरेलु कामदारका रूपमा राख्ने 
  • (च) माग्न लगाउने ।

यस्तो कार्य निराकरण गर्न व्यक्ति, समाज, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

जस्तै :-

  • (क) सामुदायिक, सरकारी तथा गैरसरकारी संस्थाहरूले समन्वय र सहकार्य गर्ने 
  • (ख) चेतनामूलक कार्यक्रम सञ्चालन गरी चेतनास्तर बढाउने 
  • (ग) व्यक्ति स्वयम् नै सचेत रहने
  • (घ) शङ्कास्पद गतिविधिप्रति सचेत बन्ने
  • (ङ) अपराधीलाई कडा कारबाहीको प्रबन्ध मिलाउने
  • (च) दोषीलाई कसैले पनि संरक्षण नगर्ने


Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a review