Class 10 Social Unit 4 Lesson 7: सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका

Iswori Education
Iswori Education
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with...
2 Min Read


पाठ ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 7 Samajika Samasya Samadhan ma anta Rastriya Sanghasanthako Bhumika Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Samajika Samasya Samadhan ma anta Rastriya Sanghasanthako Bhumika Course

Unit 4 Lesson 7 Course is given as:

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 7 Samajika Samasya Samadhan ma anta Rastriya Sanghasanthako Bhumika Exercise Question Answer 2080 Guide.
Samajika%20Samasya%20Samadhan%20ma%20anta%20Rastriya%20Sanghasanthako%20Bhumika%20Course 2


१. अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो योगदान पुऱ्याएको छ ?

 


उत्तर :

 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकाय हो । यो संस्था विशेष श्रमिक हकहितको गतिविधिमा कार्यरत रहेको संस्था हो । बालश्रमको उन्मूलन, श्रम कानुन र श्रम नीतिको निर्माण र कार्यान्वयनमा यस संस्था कार्यरत रहेको देखिन्छ । नेपालमा पनि यस संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा केन्द्रित रहेको छ । नेपालमा यो संस्था मूलतः बालश्रमको अन्त्य र सहरी तथा सहरोन्मुख क्षेत्रमा देखा परिरहेको बालश्रमको निराकरण गर्नका लागि सक्रिय रहेको देखिन्छ । तसर्थ बालश्रमको अन्त्य गर्नमा सङ्गठनले नेपालमा महत्त्वपूर्ण योगदान पुऱ्याएको छ ।

 

 




२. ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू उल्लेख गर्नुहोस् ।

 


उत्तर :

ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू निम्न छन् :-

 

  • (क) भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारमुक्त विश्वको स्थापना
  • (ख) हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमानदारिताको प्रवर्धन गर्न सहयोग
  • (ग) विभिन्न सूचकका आधारमा भ्रष्टाचार सूचकाङ्कको प्रकाशन
  • (घ) राजनीतिक भ्रष्टाचारको अनुगमन गरी प्रतिवेदन प्रकाशन ।

 

 



३. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू उल्लेख गर्नुहोस् ।

 


उत्तर :

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू :

  • (क) प्रजनन
  • (ख) मातृ स्वास्थ्य सुधार
  • (ग) समानता र मानवीय सङ्कट समाधान
Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a review