हाम्रा राष्ट्रिय गौरव (Hamro Rastriya Gaurav) – Class 10 Social Unit 1 Lesson 4

Iswori Education
153 Views
5 Min Read

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव

Contents
पाठ ४ : हाम्रा राष्ट्रिय गौरव१. राष्ट्रिय गौरव भनेको के हो ?२. ‘नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।३. मानौँ तपाइँ विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाइँलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?४. “हामी वीर नेपालीका सन्तति हाँ, कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार्य हुँदैन ।” यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।सामुदायिक कार्यतपाइँ रहेको प्रदेश वा जिल्लामा राष्ट्रिय गौरवका विषय हुन सक्छन् । ती के के रहेछन् ? तिनीहरूका विशेषता खोजी गरी प्रतिवेदन तयार पार्नुहोस् ।

Class 10 Social Studies Unit 1 Hami ra Hamro Samaj Lesson 4  Hamro Rastriya Gaurav  Exercise Question Answer 2080 Social Studies Guide.

Check: SEE Class 10 Model Question 2080/2081


१. राष्ट्रिय गौरव भनेको के हो ?

  उत्तर :

- Advertisement -

आत्मसम्मानको अनुभूतिलाई गौरव भनिन्छ । नेपाललाई विश्वमा चिनाउने चिनारी र नेपाली हुनुमा गौरव गर्ने इतिहास, संस्कृति, मूल्य मान्यता, सम्पदा र सम्मान गर्ने बानीलाई नै राष्ट्रिय गौरव भनिन्छ । लुम्बिनी, जानकी मन्दिर, सगरमाथा, नेपाली वीरता आदि यसका उदाहरण हुन् ।
 


२. ‘नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर :

नेपालमा सयौँ जाति रहेका छन्, सयौँ भाषा रहेका छन्, विभिन्न मूल्य मान्यता र प्रचलन रहेका छन् । यहाँ थुप्रै जातिले थुप्रै चाडपर्व मनाउँछन् । रहनसहन, खानपिन, जन्मदा र मर्दाका प्रचलनहरू पनि फरक फरक छन् । यसको अर्थ नेपालमा धेरै संस्कृति रहेका छन् । तराई मधेशमा थारु र मिथिला संस्कृतिदेखि पहाड तथा हिमालसम्म तामाङ तथा मगर लगायतका थुप्रै संस्कृतिको मेलबाट नेपाली संस्कृतिको निर्माण भएको छ । तसर्थ नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो।
 


३. मानौँ तपाइँ विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाइँलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?

  उत्तर:  

विदेश भ्रमणमा गएका वेला कुनै कार्यक्रमा मलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने निम्न विषयवस्तु प्रस्तुत गर्छु ।

- Advertisement -
  • (क) शान्तिको देश, शान्तिका दूत बुद्धको देशसम्बन्धी विषयवस्तु
  • (ख) विश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी विषयवस्तु
  • (ग) वेदका ज्ञाता वेदव्याससम्बन्धी विषयवस्तु
  • (घ) जानकी र कलाकार अरनिकोसम्बन्धी विषयवस्तु
  • (ङ) नेपालको भौगोलिक विविधतासम्बन्धी विषयवस्तु

 


४. “हामी वीर नेपालीका सन्तति हाँ, कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार्य हुँदैन ।” यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

उत्तर :

हामी वीर नेपालीका सन्तति हौं । विश्वभरि नै नेपालीलाई वीर भनेर चिनिन्छ । नेपालीको वीरताको प्रशंसा विश्वभरि नै मुक्तकण्ठले हुन्छ । आज पनि विश्वशान्तिका लागि नेपाली सेनाको योगदान अविष्मरणीय छ । जहाँ जहाँ नेपाली सेना छ त्यहाँ इमानदारिता र वीरता छ । त्यसैले कसैले हाम्रो मानमर्दन गरेमा वा हामीलाई हेप्ने गरेका त्यो कार्य कदापि स्वीकार्य हुँदैन । भारतीय नाकाबन्दीको सामना यसको गतिलो जवाफ हो ।
 

- Advertisement -

सामुदायिक कार्य


तपाइँ रहेको प्रदेश वा जिल्लामा राष्ट्रिय गौरवका विषय हुन सक्छन् । ती के के रहेछन् ? तिनीहरूका विशेषता खोजी गरी प्रतिवेदन तयार पार्नुहोस् ।

 
शीर्षक मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरव र तिनका विशेषता :-

 
अध्ययनका उद्देश्य :- यस अध्ययनका उद्देश्य निम्न छन् :-

  • (क) मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषय पहिचान गर्ने
  • (ख) ती गौरवका विषयका विशेषता खोजी गरी प्रस्तुत गर्ने ।

 अध्ययन विधि :- विभिन्न पुस्तकहरू अध्ययन, ठुलाबडासँग सोधपुछ, इन्टरनेटमा खोजी । प्राप्त भएका मुख्य मुख्य कुराहरू :-

 (१) मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषयहरू निम्न रहेको पत्ता लाग्यो :

  • (क) जानकी मन्दिर 
  • (ख) गढीमाई मेला
  •  (ग) नेपालको प्रवेशद्वार वीरगञ्ज

 (२) यिनका प्रमुख विशेषताहरू :

(क) जानकी मन्दिर : नौलखा मन्दिर पनि भनिने, कलात्मक र आकर्षक रहेको, राम सीताको विवाहसँगसम्बन्धित, प्रत्येक वर्ष स्वदेश तथा विदेशका लाखौँ तीर्थयात्री आउने ।

(ख) गढीमाइ मेला : एसियाकै सबैभन्दा ठुलो मेला, प्रत्येक पाँच पाँच वर्षमा लाग्ने, बलिका लागि नेपाल तथा भारतमा प्रसिद्ध रहेको ।

(ग) नेपालको प्रवेशद्वार : वीरगञ्ज सहरलाई नेपालको प्रवेशद्वारका रूपमा लिइने, अधिकांश आयात र निर्यात यसै नाकाबाट हुने गरेको, आर्थिक नगरीका रूपमा विकास गर्न सकिने ।

निष्कर्ष तथा सुझाव : यस्ता राष्ट्रिय गौरवका विषयहरू खोजी गरी संरक्षण र सम्बर्धन गर्न सक्ने आन्तरिक तथा बाहृय पर्यटकको केन्द्रका रूपमा विकास गरी मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिन्छ ।

 
मिति:

प्रतिवेदक:


Read:

हाम्रा पहिचान (Hamra Pahichan) – Class 10 Social Unit 1 Lesson 2

सामाजिकीकरण (Samajikaran) – Class 10 Social Unit 1 Lesson 1

विविधतामा एकता (Vividhata Ma Ekata) – Class 10 Social Unit 1 Lesson 3

Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a Comment