विविधतामा एकता (Vividhata Ma Ekata) – Class 10 Social Unit 1 Lesson 3

Iswori Education
Iswori Education
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with...
3 Min Read

पाठ ३ : विविधतामा एकता

 

Class 10 Social Studies Unit 1 Hami ra Hamro Samaj Lesson 3 Vividhata Ma Ekata Exercise Question Answer 2080 Social Studies Guide.

Check: SEE Class 10 Model Question 2080/2081


१. विविधतामा एकता नेपालको विशेषता भनेको के हो, प्रष्ट पार्नुहोस् ।

उत्तर :

नेपाल भौगोलिक रूपमा मात्र नभएर धार्मिक, भाषिक तथा सांस्कृतिक रूपमै विभिन्नताले भरिएको मुलुक हो । यहाँ विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन् । सयौँ जाति र भाषाहरू रहेका छन् । तिनीहरूका आआफ्नै मूल्य मान्यता र प्रचलनहरू रहेका छन् । यो सानो मुलुकमा यति धेरै विविधता हुनु भनेको साँच्चै गौरवको कुरा हो । यति धेरै विविधताका बिचमा पनि यहाँ एक जाति र अर्को जाति, एक धर्म र अर्को धर्म, एक समुदाय र अर्को समुदायका बिचमा मेलमिलाप रहेको छ, सम्मान रहेको छ । यो नै विविधतामा एकता हो जुन नेपालको विशेषता हो ।


२. नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर :

नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ । त्यस्तै यहाँ सयौँ जातका मानिस बसोबास गर्छन् भने सयौँ भाषा बोलिन्छन् । यहाँ प्रत्येक जातिको आआफ्नै मूल्य मान्यता, परम्परा र प्रचलन रहेका छन् । तराई मधेश, पहाड र हिमाल जस्ता भौगोलिक विविधता पनि हाम्रो मुलुकमा रहेको छ । यसप्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो ।


३. विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर :

विविधतामा एकताको महत्त्व :-

(क) राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ ।

(ख) देशमा शान्ति र अमनचैन कायम हुन्छ ।

(ग) प्रत्येक स्थानमा मेलमिलापको वातावरण हुन्छ ।

(घ) सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र सम्वर्धन हुन्छ ।

(ङ) नागरिकहरूमा अपनत्वको भावना विकास हुन्छ ।


Read:

हाम्रा पहिचान (Hamra Pahichan) – Class 10 Social Unit 1 Lesson 2

सामाजिकीकरण (Samajikaran) – Class 10 Social Unit 1 Lesson 1

Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a review