Skip links

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4


पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


Lesson 4: Rastriya Gauravaka Ayojanaharu

Class 10 Social Studies Unit 2 Bikash ra Bikashako Purbadhar

Lesson 4 Rastriya Gauravaka Ayojanaharu

Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Rastriya Gauravaka Ayojanaharu Course

Class 10 Social Studies Unit 2 Lesson 4 Rastriya Gauravaka Ayojanaharu Course is given as:

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4

राष्ट्रिय गौरवका आयोजनाहरू (Rastriya GauravKa AyojanaHaru) Class 10 Social Unit 2 Lesson 4


Rastriya Gauravaka Ayojanaharu Exercise



१. विकास आयोजना भनेको के हो ?

 


उत्तर :

विकास आयोजना भनेको निश्चित समयावधिमा सम्पन्न गरिसक्ने गरी विविध लक्ष्यका साथ साधन र स्रोतको प्रयोग गरेर सुव्यवस्थित तवरबाट सञ्चालित विकासका कार्यक्रमहरू हो।

 

 




२. कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ?

 


उत्तर :

राष्ट्रलाई पहिचान दिलाउने र देशका अधिकांश जनता लाभान्वित हुने आयोजना प्रदेश वा स्थानीय स्तरबाट सञ्चालन हुन नसक्ने हुँदा यस्ता आयोजना राष्ट्रिय स्तरबाट सञ्चालित हुन्छन् । यस्ता आयोजनाहरूका लागि बढी स्रोत, साधन र लगानीको आवश्यकता पर्छ । यस्ता आयोजनाहरूलाई नै राष्ट्रिय गौरवका आयोजना भनिन्छ । यस्ता आयोजना नेपाल सरकारले घोषणा गर्ने गर्दछ ।

 

 




३. राष्ट्रिय गौरवका आयोजना किन महत्त्वपूर्ण मानिन्छन् ?



उत्तर :

राष्ट्रिय गौरवका आयोजना महत्त्वपूर्ण मानिनुका कारण निम्न छन् :-

 

(क) पूर्वाधारको विकास हुने (ख) रोजगारीमा वृद्धि हुने (ग) धेरै जनतालाई लाभ पुग्ने (घ) दिगो विकासको आधार तय हुने (ङ) प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्धन हुने (च) पर्यटकीय क्षेत्रको विस्तार ।

 


 



४. नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?

 


उत्तर :

नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न निम्न पक्षमा ध्यान दिनुपर्ला :-

 

(क) स्थिर सरकार (ख) आर्थिक लगानी (ग) स्रोत, साधन र जनशक्तिको उपलब्धता (घ) जनताको अपेक्षा सम्बोधन (ङ) सुशासन र भ्रष्टाचार नियन्त्रण ।

 


 



५. हुलाकी लोकमार्गले पुऱ्याउने फाइदाको विवेचना गर्नुहोस् ।

 


उत्तर :

नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरू राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्कअनुसार २४ ओटा रहेका छन् । यी आयोजना मध्ये एउटा महत्त्वपूर्ण आयोजना हुलाकी लोकमार्ग पनि हो । आ.व. २०६८, २०६९ देखि यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा रहेको आयोजना हो । आयोजनाको अन्तसम्ममा लगभग १८०० किमी सडक र २१९ ओटा पुलको निर्माण हुने अपेक्षा गरिएको यस आयोजनाले तराई मधेशका २० जिल्लालाई छुन्छ ।

 

नेपालको पूर्व पश्चिम हुँदै तराई मधेशमा यातायातको सहज पहुँच विस्तार गर्ने यस आयोजनाको मुख्य लक्ष्य हो । यस आयोजनाले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मको भूभागलाई जोड्छ । पूर्व पश्चिम अर्थात् महेन्द्र राजमार्गको समानान्तर भएर यो राजमार्ग निर्माण हुन्छ । यो लोकमार्गले यस क्षेत्रका जनतालाई यातायातको सहज पहुँच पुग्नेछ । यसका साथै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई बजारीकरणमा सहयोग पुऱ्याउने छ । महेन्द्र राजमार्गसँगको निर्भरता हटाएर दक्षिणी भेगका जनतालाई आवतजावतमा दुरी छोटो हुने छ । बजार क्षेत्रको विस्तार र विकासमा सहयोग पुग्ने छ। रोजगार तथा स्वरोगारका क्षेत्रमा वृद्धि हुने छ ।

 

यसप्रकार हुलाकी लोकमार्ग निर्माण आयोजना सम्पन्न भएपश्चात् त्यस क्षेत्रका जनताको यातायातमा सहज पहुँच अभिवृद्धि भई सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा योगदान पुग्ने छ ।


 



सामुदायिक कार्य



तपाईँको समुदायमा सञ्चालित कुनै एक विकास आयोजनाको अवलोकन गर्नुहोस् र सो आयोजनाका सम्बन्धमा सम्बद्ध व्यक्तिसँग छलफल गरी निम्नलिखिन बुँदालाई आधार मानी प्राप्त विवरण प्रस्तुत गर्नुहोस् :

 

(क) आयोजनाको नाम चन्द्रपुर ढल तथा सडक निर्माण आयोजना

(ख) आयोजना सञ्चालनको उद्देश्य : चन्द्रपुर क्षेत्रमा ढल निकासको उचित प्रबन्ध गर्ने तथा सडकको स्तर उन्नति गर्ने

(ग) प्रारम्भ हुने मिति र सम्पन्न हुने मिति : २०७७ २०७८ मा प्रारम्भ भई २०८० २०८१ सम्ममा निर्माण सम्पन्न हुने

(घ) अनुमानित लागत : करिब १० करोड

Leave a comment

This website uses cookies to improve your web experience.