अन्धविश्वास हटाऔँ: Class 10 Social Unit 4 Lesson 5

Iswori Education
Iswori Education
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with...
5 Min Read

पाठ ५ अन्धविश्वास हटाऔँ


Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 5 Andhavishwas Hataaun Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Andhvishwas Hatawan Course

Class 10 Social Studies – Unit 4 Lesson 5 Course Content is given as:

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 5 Andhavishwas Hataaun Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 5 Andhavishwas Hataaun Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 5 Andhavishwas Hataaun Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 5 Andhavishwas Hataaun Exercise Question Answer 2080 Guide.

१. अन्धविश्वास भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।

 
उत्तर : 

कुनै व्यक्ति वा समुदायले गहन अध्ययन वा जानकारी नै नलिई समाजमा प्रचलित प्रथा, प्रचलनमा विश्वास गर्नुलाई अन्धविश्वास भनिन्छ । यसले गर्दा समाजमा सामाजिक विकृति निम्त्याउनुका साथै नकारात्मक असर पनि परिरहेको हुन्छ । बोक्सीको आरोप लगाउनु, घुम्टो प्रथा आदि यसका उदाहरण हुन् ।
 
 


२. “अन्धविश्वासले समाजको आधुनिकीकरण विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ ।” कसरी ? प्रष्ट पार्नुहोस् ।

 
उत्तर :

अन्धविश्वासले महिलाहरूलाई बढी असर पारेको छ । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । तसर्थ अन्धविश्वासले समाजका आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ । अन्धविश्वासकै कारण बोक्सीका नाममा अमानवीय व्यवहार भएका छन् । धामीझाँक्रीको भरमा पर्दा अकालमा ज्यान गुमाउनु परेको छ। दाइजो प्रथाले महिलाहरूलाई जिउँदै जलाउने काम भएको छ । घरेलु हिंसाले पारिवारिक सम्बन्धमा तनाव मात्र होइन सामाजिक कलह सिर्जना भएको पाइन्छ । तसर्थ हामी के भन्न सक्छौं भने अन्धविश्वासले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ ।
 
 


३. घुम्टो प्रथालाई किन सामाजिक समस्या भनिएको हो ? चर्चा गर्नुहोस् ।

 
उत्तर :

घुम्टो प्रथा नेपालको पूर्वी र मध्य तराईमा प्रचलनमा रहेको सामाजिक समस्या हो । यस प्रथामा विवाहित महिलाले मान्यजन वा पुरुषहरूका अगाडि जाँदा सधैँ घुम्टोले अनुहार छोप्नुपर्ने प्रचलन रहेको हुन्छ । यतिसम्म कि पहिलो बच्चा नभएसम्म उज्यालोमा शौच गर्न जानसमेत प्रतिबन्धको अवस्था हुन्छ । यस प्रथाका कारण महिलाको व्यक्तित्व विकासमा बाधा परिरहेको हुन्छ । विवाहपछि महिलाहरू अगाडि बढ्नबाट वञ्चित छन् । अवसर र शिक्षाबाट समेत वञ्चित रहेका छन् । यो एउटा लैङ्गिक विभेदको अवस्था पनि हो । तसर्थ घुम्टो प्रथालाई सामाजिक समस्या भनिएको हो ।
 
 


४.दाइजो प्रथाले समाजमा पुऱ्याएको असर उल्लेख गरी समाधानका उपायहरू सुझाउनुहोस् ।

 
उत्तर :

दाइजो प्रथाले समाजमा पुऱ्याएका असर :-
 
(क) सामाजिक सन्तुलन र सद्भाव कायम गर्न बाधा पुगेको
(ख) महिला तथा घरेलु हिंसामा वृद्धि भएको
(ग) पारिवारिक विखण्डन र बेमेलको वातावरण सिर्जना भएको
(घ) आत्महत्या तथा हत्याका घटनामा वृद्धि भएको
(ङ) गरिब परिवारको छोरीको विवाहमा कठिनाइ उत्पन्न भएको ।
 
समाधानका उपायहरू :-
 
शिक्षा र चेतना जागरण गर्ने, सङ्गठित सोच र कार्यक्रम सञ्चालन गर्ने, कडा कानुनी प्रबन्ध र कारबाहीको व्यवस्था गर्ने, व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन ल्याउने, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने ।
 
 


५. “छाउपडी अन्धविश्वासको परिणाम हो ।” यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

 
उत्तर :

महिलाहरूमा हुने रजस्वला प्रक्रियाको कारण नै सन्तान जन्माउने जन्मने प्रक्रिया सञ्चालन भएको हुन्छ । यो विशुद्ध प्राकृतिक र स्वाभाविक प्रक्रिया पनि हो । सबै महापुरुष वा महिलाको जन्म यही प्रक्रियाको कारण सम्भव भएको हो । यसलाई गलत व्याख्या गरी क्षणिक स्वार्थपूर्तिका लागि महिलालाई दास बनाउने नियतले सुरुवात भएको प्रथा हो छाउपडी । पछिल्ला दिनहरूमा अन्धविश्वासको कारण यसले निरन्तरता पाउँदै आएको छ । जहाँ अन्धविश्वास छैन त्यहाँ यो समस्या छैन वा निकै न्यून छ । सहरको तुलनामा गाउँमा यो प्रथा बढी प्रचलनमा छ । तसर्थ छाउपडी अन्धविश्वासको परिणाम हो ।

Share This Article
Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.
Leave a review