पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 6 Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Exercise Question Answer 2080 Guide.
Contents
पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिपSamajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Course१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?२. सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।३. तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।४. बालविवाह रोक्न तपाईंले के के प्रयत्न गर्न सक्नुहुन्छ ?५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।
Check: SEE Class 10 Model Question 2080/2081



Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Course
Unit 4 Samajik Samasya Samadhan Lesson 6 Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Course is given as:



१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?
उत्तर :
सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ ।
२. सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तर :
सामाजिक समस्याबाट बच्ने उपायहरू निम्न छन् :-
- (क) समस्याको प्रकृति, सिर्जित अवस्थाका आधारमा समस्या समाधानका विभिन्न विकल्पमध्ये सही विकल्प छानी कार्यान्वयन गर्ने
- (ख) कुलतमा लागेका साथीको सङ्गत नगर्ने
- (ग) राम्रा र सिर्जनशील कार्यमा आफूलाई व्यस्त राख्ने
- (घ) भविष्य निर्माणमा प्रतिबद्ध हुने
- (ङ) अभिभावक वा परिवारका सदस्यसँग सुमधुर सम्बन्ध स्थापित गर्ने ।
३. तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।
उत्तर :
मेरो वरपरका प्रमुख सामाजिक समस्याहरू :-
- (क) घरेलु हिंसा
- (ख) धूमपान तथा मद्यपान
- (ग) फजुल खर्च र देखासिकी
- (घ) बालविवाह
- (ङ) भ्रष्टाचार
- (च) दुर्व्यसन
४. बालविवाह रोक्न तपाईंले के के प्रयत्न गर्न सक्नुहुन्छ ?
उत्तर :
बालविवाह रोक्न मैले निम्न प्रयत्न गर्न सक्छु
- (क) चेतना जगाउने
- (ख) बालविवाह भइरहेको थाहा पाए प्रहरीमा जानकारी गराउने
- (ग) बालक्लबका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने
५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।
उत्तर :
कुलतबाट बच्ने उपायहरू :-
- (क) साथीको प्रस्तावलाई इन्कार गर्ने
- (ख) असल साथीको मात्र सङ्गत गर्ने
- (ग) परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर राख्ने
- (घ) देखासिकीमा नलाग्ने
- (ङ) सिर्जनशील कार्य गरी समय बिताउने र भविष्य निर्माणमा प्रतिबद्ध हुने ।
